Agni Offset Press

शिक्षक नियुक्ति विवाद : परीक्षा समितिलाई कारबाही गर्ने विव्यस अध्यक्षको चेतावनी

Aarati simant

बझाङ : बझाङको केदारस्यूँ गाउँपालिकाको एक विद्यालयमा शिक्षक नियुक्ति विवादमा तानिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै परीक्षा समितिले त्रुटि गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । केदारस्यूँ गाउँपालिका वडानं ४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयमा दुईजना शिक्षकको नियुक्तिमा चलखेल भएको भन्दै विवादमा तानिएको हो ।

विद्यालयले साउन १२ गते प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङतर्फ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदका लागि दुईजना शिक्षकको दरखास्त आह्वान गरेको थियो । विज्ञापनमा सहायक प्रशिक्षकका लागि प्रवीणता प्रमाणपत्र तहमा २.८ जिपिए न्यूनतम योग्यता तोकिएको छ भने प्रशिक्षण सहायकको लागि माध्यमिक शिक्षा परीक्षामा २ जिपिए न्यूनतम योग्ता तोकेको छ ।

विद्यालयले लिखित परीक्षा सञ्चालन गरी अन्तरवार्ताका लागि ५ जनालाई छनोट गरेको छ । हेमन्तराज भट्ट, दिनेश भण्डारी, भोजराज भट्ट, सुरेश मल्ल अन्तरवार्ताका लागि छनोट भएका थिए । ३ भदौमा अन्तिम नतिजा प्रकाशन गर्दा हेमन्तराज भट्ट र सुरेश मल्ल छनोट भएका छन् । छनोट भएकामध्ये हेमन्तराज भट्टको शैक्षिक योग्यता दरखास्तमा उल्लेख भएबमोजिमको नभएको स्थानीयको भनाइ छ ।
नतिजा प्रकाशन भएपछि बागथला बजारमा परीक्षार्थी तथा उनीहरुका आफन्तले प्रधानाध्यापक र शिक्षा समितिका प्रतिनिधिविरुद्ध विरोध जनाएका थिए । हाताहालाहालको स्थिति उत्पन्न भएको थियो । परीक्षा समितिमा बसेका प्रधानाध्यापक गगनबहादुर विष्ट, शिक्षा कार्यालयका प्रतिनिधि र विषय विज्ञले पैसा खाएर प्रश्न पत्र चुहाएको स्थानीयको आरोप छ ।

यसबारेमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लले विरोध जनाएका छन् । परीक्षा समितिबाट त्रुटि भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत विव्यस अध्यक्ष मल्लले दिएका छन् । उनले फेसबुकमार्फत उक्त चेतावनी दिएका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.