संगम सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया : कैलाली गोदावरी नगरपालिका–१ मा २०७२ साल देखि सेवा दिँदै आइरहेको संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
२०७५ साल मा ३२ जना शेयर सदस्यहरु मिलेर ६ लाख शेयरपुँजी बाट संचालन ल्याइएको उक्त सहकारी संस्थामा हाल आ व २०७८\०७९ असार मसान्त सम्म ५ सय ३१ जना शेयर सदस्य रहेका छन।

आर्थिक वर्ष २०७८\०७९ को आय (व्यय प्रस्तुत गर्दै संस्था का कार्यकारी प्रमुख अमर कुँवर ले आ व २०७८\०७९ मसान्त सम्म मा संस्था को ६५ लाख भन्दा बढी शेयरपुँजी रहेको बताए। यसैगरी संस्था ले यस आर्थिक वर्ष २०७८\०७९ मा ८ करोड रुपैयाँ बराबर को आर्थिक कारोबार गरेको कार्यकारी प्रमुख कुँवर ले बताए संगै यस वर्ष सम्पूर्ण खर्च कटाई १७ लाख रकम खुद नाफा आर्जन गरेको कुँवर ले बताए।
यसैगरि संस्था ले २०७८ साल देखि कैलाली को धनगढी र कञ्चनपुर को गुलरियामा शाखा कार्यालय सञ्चालनमा ल्याइ निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको समेत संस्था का कार्यकारी प्रमुख कुँवर ले जानकारी दिए।
संस्थाका अध्यक्ष चन्द्रबहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी र कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका कर्मचारी देवराज पन्त रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी एवम् शेयर सदस्यहरुको सहभागीता समेत रहे संगै संस्थाको वार्षिक साधारण सभामा कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख अमरबहादुर कुँवरले गरेका थिए । साथै उक्त चौथो वार्षिक साधारण सभाको बन्दसत्रले अध्यक्ष मा पुनः चन्द्र बहादुर बिष्ट लगायत पुरानै कार्यसमितीलाई निरन्तरता दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.