Agni Offset Press

गिरीको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

Aarati simant

काठमाण्डौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा गिरीको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका थिए । सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरीको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ : ३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.