कैलालीको बर्दगोरियामा शंकास्पद वस्तु फेला

अत्तरिया : कैलालीमा फेरि शंकास्पद वस्तु फेला परेको छ। मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मुडा बजार नजिकै शंकास्पद वस्तु फेला परेको हो। प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत टिफिनको बट्टामा कालो प्लाष्टिकले बेरेर तारबाहिर नेकालेको अवस्थामा उक्त वस्तु फेला परेको हो।
यसअघि कैलालीमा दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका थिए। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेर डिस्पोज गरिएको थियो। नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको दाबी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.