सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा भोलि देखि निःशुल्क ओपिडि सेवा

अग्नी संवाददाता
अत्तरिया, ७ भदौ : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बनखेत अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज तथा गौरा पर्वको उपलक्ष्यमा ओपिडीमा निःशुल्क सेवा प्रदान गर्ने भएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा. राजेशबहादुर खड्काले सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्य सहित चाडपर्वको उपलक्ष्यमा ओपिडी शुल्क नलिने बताए ।
साथै सामान्य स्वास्थ्य परीक्षण गराउन सबै प्रेरित गराउनका लागि समेत ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. राजेश खड्काले बताए ।
अस्पतालका प्रबन्ध निर्देशक डा. खड्काका अनुसार यहि भाद्र ८ गते अर्थात भोली देखि १८ गते शनिबार सम्म जम्मा १२ दिन निःशुल्क सेवा प्रदान दिने छ ।
उनले यो अवधिमा ओपिडीमा निःशुल्क सेवा मात्र नभई अस्पताल दिँदै आइरहेको अन्य सेवाहरु मध्ये भिडियो एक्सरे, फिजियोथेरापी, इन्डोस्कोपी सेवाहरुमा समेत बिशेष छुट प्रदान गरिरहेको बताए । साथै ल्याब टेस्टमा १० प्रतिशत सम्मको छुट समेत प्रदान हुने डा. खड्काले बताए । उक्त निःशुल्क ओपिडीसेवा चाडपर्व अवधि भरी हरेक दिन बिहान ७ बजे देखि बिहान साढे ८ बजे सम्म मात्र विषेशज्ञ डा. द्वारा सेवा प्रदान गरिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.