Agni Offset Press

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन हुँदै

Aarati simant

धनगढी : सेती प्रदेशीक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आउने भएको छ। सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए।

‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो। कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो। तर, सेवा सुरु हुने भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने। गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालनको तयारी गरिएको उनले बताए।

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.