सबै समुदायको अधिकारका लागि कांग्रेसले संघर्ष गरेको छ : राज्यमन्त्री रैका

अत्तरिया : नेपाली कांग्रेसका नेता एंव सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले काँग्रेसको सिद्धान्त र परिवर्तनको एजेण्डालाई आत्मसाथ गरेर आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन सबै एकताबद्ध भएर जुट्न आग्रह गरे ।
टिकापुरमा पहिलो चरणअन्तर्गतको ‘जनताको साथमा कांग्रेस’ अभियानको उद्घाटन समारोहलाई संबोधन गदैँ नेता रैकाले उक्त कुरामा जोड दिएका हुन् । काँग्रेसको विजयबाट मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल बन्ने दाबी गर्दे नेता रैका ले काँग्रेसले सबै बर्ग, जात जाती उतपीतित समुदायको अधिकार सुनिश्चितताका लागि खेलेको भूमिका ऐतिहासिक रहेको बताए ।
अभियानको एक विशेष समारोहका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य ,कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेता साउँदले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घरघरमा जानुहोस्। जनताको भावना सुन्नुहोस्, ‘सो भावनाअनुरुप रुपान्तरणका बारे छलफल गर्नुहोस् र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धि, विकासका एजेण्डा जनतामाझ सुनाउनु पर्ने बताए ।
उनले संविधानको रक्षा गर्न, देशलाई विकासको बाटोमा डोहोर्याउने लगायतका कार्यभारका कारण निर्वाचनमा अन्य दलसँगग गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए। जनतालाई पार्टीले अन्य दलसँग तालमेल गर्नुको वस्तुस्थिति, पार्टीपंक्तिका समस्याबारे स्पष्ट कुरा राख्न अभियानका खटिएका नेताकर्ताहरुसँग गर्न आग्रह गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.