सुदूरपश्चिमका ८ कांग्रेस नेता, फेरि समानुपातिकतर्फ सांसद बन्न नपाउने

अत्तरिया : आगामी निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन् । कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो ।

विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’जसअनुसार वर्तमान सरकारका चार मन्त्रीसहित प्रभावशाली नेताहरू नै समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् । कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित ४० जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशमा ८ जना नेताले उसैगरी समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्न पाउने छैनन् ।जसअनुसार दीव्यश्वरी शाह, देवराज पाठक, गोविन्द वोहरा, अम्वि कुमारी थापा, कुमारी नन्दा बम, श्याम लाल राना, टेक वहादुर रैका,उमा वादी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.