Agni Offset Press

कैलालीमा उसु खेलाडी छनौट कार्य शुरु

Aarati simant

अत्तरिया, १३ भदौ : कैलालीमा उसु खेलाडी छनौट कार्य सोमबारदेखि शुरु भएको छ । नौवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि जिल्लामा खेलाडी छनौट गर्ने कार्यको एक समारोहकाबिच समुदघाट गरिएको हो ।
उसु प्राविधिक संघका संयोजक राजिव गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोति राना थारु प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दीपकबहादुर सिंह, प्रतियोगिता छनौट समितिका सह–संयोजक एवं करातेका सुदूरपश्चिम प्रदेश आश्रम केसी लगायतको सहभागिता रहेको थियो ।
एशियन रेफ्री तथा सुदूरपश्चिम प्रदेशका उसु प्रशिक्षक रतन खातीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.