द्वन्द्व पीडित परिवारका पक्षमा प्रदेश सरकार गम्भिर छ : मन्त्री रावल

धनगढी, १३ भदौ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले द्वन्द्व पीडित परिवारका पक्षमा प्रदेश सरकार गम्भिर रहेको बताएका छन ।
कैलालीको धनगढीमा सोमबार आयोजना गरिएको ‘बलपुर्वक बेपत्ता पारिएको पीडीतहरुको १२ औँ अन्तराष्ट्रिय दिवस तथा संक्रमणकालीन न्याय सम्बन्धि प्रस्तावित संशोधन बिधयक बिषयक’ अन्तरक्रिया कार्यक्रममा मन्त्री रावलले राज्यले ध्यान नदिएको भन्ने नभई सरकार गम्भिर भएर लागिरहेको बताए ।
बेपत्ता परिवार लगायत बिस्थापित, घाईते अपाङगता, अपहरणमा परेका तथा टुहुराबालबालीकाको माग अनुसार सरकारले पनी काम गरिरहेको उनको भनाई छ । उनले भने –‘हाल मन्त्रलायमा बजेटको ब्यवस्था नगरिएकाले आगामी बर्षहरुमा यस्का लागी पहल चाल्ने र पीडितहरुको माग अनुसार कार्यक्रम अघि बढाइने छ ।’
मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा द्वन्द्वप्रभावित परिवार, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधी, अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.