अत्तरिया, १४ भदौ : कैलाली क्षेत्र नम्बर ४ मा मंसिर ४ गते हुने संघीय निर्वाचन को लागि उम्मेदवार बन्न नेपाली काँग्रेसबाट ६ जनाले दाबी पेश गरेका छन ।
संघको लागी सुनिलकुमार भण्डारी, टेकराज जोशी र प्रकाश बम, नैन सिंह महर, भोजराज भट्ट र लक्ष्मीराज पाठकले दाबी गरेका हुन । यस्तै संघको समानुपातिक तर्फ पनि ४ जनाले दाबी पेश गरेका छन् । दाबी गर्नेहरुमा दिर्घराज भाट, हिरा दत्त भट्ट,गोपाल बहादुर देउबा र पदमराज भट्ट रहेका छन् । यस्तै प्रदेस ुखु मा प्रत्यक्ष तर्फ ८ जनाले दाबी पेश गरेका छन ।
यसरी दाबी पेश गर्नेहरुमा उत्तम कठायत, यज्ञराज चौधरी,लोकराज पाण्डे आगो , टिकादत्त जोशी,सुरत बहादुर कार्की, हेमप्रकाश उप्रेती, हिरादत्त भट्ट र प्रेम बहादुर सुर्जा मगर रहेका छन् । यस्तै प्रदेश ख समानुपातिक तर्फ १० जनाले दाबी पेश गरेका छन् ।
