अत्तरिया : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास राज्यमन्त्री कुलबीर चौधरीलाई पदमुक्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई बुधबार पदबाट मुक्त गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का संसदीय दलका नेता तथा भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले जानकारी दिए ।
२०७८ चैत २५ गते मन्त्रीमा नियुक्त भएका चौधरीलाई पार्टीको नीति विपरित कार्य गरेको भन्दै पदबाट मुक्त गरिएको मन्त्री सोडारीले बताए ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) ले मंगलबार सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरी सकेको छ ।
प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेको भन्दै साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस सो पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए ।
चौधरी र लामा आजै कञ्चनपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्ने बताएको छ । लामा पनि सुदूरपश्चिम प्रदेशका पुर्ब आर्थिक मामिला मन्त्री हुन् । चौधरी र लामालाई पार्टी प्रवेश गराउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगीसकेका छन् ।
सम्बन्धित पाेस्टहरु