कञ्चनपुरमा खादा ओढाउँदै ओलीले गरे मुस्कान सहित समाजवादीका नेतालाई स्वागत

अत्तरिया : नेकपा एकिकृत समाजवादी कञ्चनपुरका नेताहरु एमालेमा फर्केका छन् । समाजवादी स्थापनादेखी पार्टीका सक्रिय नेताहरु फेरी एमालेमै फर्किएका हुन् । उनिहरुलाई बुधबार नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले कञ्चनपुरको महेन्द्रनगरमा आया्जित बृहत पार्टी प्रवेश कार्यक्रममा स्वागत गरेका हुन् ।
एमाले बिभाजनपनि समाजवादीमा लागेका प्रतिनिधीसभा सदस्य विना बुढाथोकी, पुर्व आर्थिक मामिला मन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, आजै बर्खासतमा परेका निबर्तमान भौतिक पुर्वाधार राज्य मन्त्री कुलबिर चौधरी, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्।

एमालेमा फर्किएका नेताहरुलाई अध्यक्ष ओलीले मुस्कान सहित सुर्य चिन्ह रहेको खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.