निजामती दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

धनगढी, २२ भदौ : निजामती दिवसको अवसर पारेर संघीय सरकार मातहतका कैलालीका कार्यालयहरुका कर्मचारी सम्मानित भएका छन् । उनीहरुको कार्य सम्पादनको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुनेमा इलाका प्रशासन कार्यालयका शाखा अधिकृत सर्वनन्द चपाई, कोष तथा लेखा नियन्त्रक कार्यालय, धनगढीका प्रमुख कोष नियन्त्रक जगतप्रसाद भट्ट, जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा ताराप्रसाद जोशी, कैलाली भन्सारका नायव सुब्वा रुद्री खनाल रहेका छन् ।
समितिको कार्यालयका कार्यालय सहयोगी चेतराज भट्ट, जिल्ला सरकारी वकील कार्यालयका कार्यालय सहयोगी बिहारीलाल चौधरी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइका कार्यालय सहयोगी खडके साँउद र हेभी इक्यूप्मेन्ट डिभिजन, गोदावरीका कार्यालय सहयोगी लक्ष्मीकुमारी सारुमगर सम्मानित भएका छन् ।
यस्तै दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारको आयोजना र जिल्ला प्रशासन कार्यालय कैलालीको सहयोग र सहकार्यमा व्याडमिन्टन प्रतियोगिता गरिएको छ । प्रतियोगितामा प्रदेश ट्राफिक प्रहरी कार्यालयका राजेन्द्रबहादुर सिंह र जोशीपुर गाउँपालिकामा कार्यरत सुमनसिंहको टोलीले खुल्ला डबल्सतर्फ प्रथम स्थान हासिल गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.