मन्त्री सोडारी द्वारा चाक्लेखोला पुलको उद्घाटन

अत्तरिया : गोदावरी नगरपालिका– १० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको बिहिबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घबहादुर सोडारीले पुलको एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन् ।

पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए । उनले ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएको बताए । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।

उद्घाटन गरिएको पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जयररोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

कुल २६ दशमलव १ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.