दार्चुला मालिकार्जुनमा ५ वर्षीया बालिकाको डेंगुबाट मृत्यु

अत्तरिया : दार्चुलामा एक बालिकाको डेंगुबाट मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ निवासी ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ की ५ वर्षीया उषा धामीको डेंगुका कारण मृत्यु भएको छ ।
बालिका २१ गते दिउसो तिर शंकरपुर स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन् । यसअघि उनी भाद्र २० गते जिल्ला अस्पताल दार्चुलामा समेत उपचारका लागि भर्ना भएको शंकरपुर स्वास्थ्य चौकीका मेडिकल अधिकृत निराजन बोहराले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल दार्चुलामा उनमा डेङ्गु र स्क्रब टाइफस सक्रमण देखिएको बताइएको छ । अस्पतालका डाक्टरहरुले बालिकामा डेङ्गु र स्क्रब टाइफस देखिएपछि अस्पतालमै भर्ना गरेर उपचार गराउन आग्रह गरेपनि उनको अभिभावकले नमानेपछि घर गएको बुझिएको छ ।
आफन्तहरुले अन्य ठुलो अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा बिहिबार विहान ५ बजेतिर उनको ज्यान गएको बताइएको छ । पछिल्लो समय दार्चुलामा डेंगुको प्रकोप फैलिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.