अत्तरिया, २३ भदौ : कैलालीको गोदावारी नगरपालिका–१ अत्तरियामा सुदूपश्चिमाञ्चल सामुदायिक अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर शनिवार हुने भएको हो ।
सुदूरश्चिमाञ्चल सामुदायीक अस्पतालका प्रबन्ध निर्देशक डा.राजेशबहादुर खड्काले उक्त शिविरमा मुटुरोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारी द्वारा चेकजाँच हुने छ । प्रबन्ध निर्देशक डा. खड्काले निःशुल्क स्वास्थ्य शिविर बिहान १० बजे देखि सुरु भई बेलुका ६ बजे सम्म सञ्चालन हुने बताए ।
साथै भाद्र २५ गते शनिवार का दिन हुन गइरहेका शिविरमा निःशुल्क ओपिडि, निःशुल्क औषधी, निःशुल्क इसिजि सेवा, निःशुल्क सुगर जाँच समेत प्रदान गरिने अस्पतालका प्रबन्ध निर्देशक डा. खड्काले जानकारी दिए ।