धनगढी, २३ भदौं : कैलालीमा अब गैर कानुनी रुपमा घर जग्गा कारोबार गर्न नपाइने भएको छ । कैलाली जग्गा तथा आवास विकास संघ गठन भएसंगै सो कारोबार गर्न नपाइने भएको हो ।
कैलाली जग्गा तथा आवास विकास संघ गठन भएसंगै बिचौलियाले चलखेल गर्न पाउने छैनन् । विगतका बर्षमा बिचौलियाले आफ्नै मनमर्जीमा घर जग्गा कारोबार गर्दै आएका थिए । तर अब संघ गठनभएपछि जथाभावी रुपमा घर जग्गा कारोबार गर्न नपाउने भएको हो ।
घर जग्गा कारोबारमा बिचौलियाले फाइदा उठाउँदै आएकाले बदनामबाट नियन्त्रण गर्न संघ गठन गर्नुपरेको संघका अध्यक्ष उर्पेन्द्र अवस्थीले बताए । उनले बिचौलियाका कारण घर जग्गा वितरण गर्दा राज्यलाई पनि फाइदा नहुने र किन्ने तथा विक्री गर्नेलाई लाभ नमिल्ने गरेको बताए ।
राज्य तथा जग्गा धनीलाई मर्का नपरोस् भन्ने उद्देश्य लिएर आफूहरु संगठित भएको संघको भनाई छ । संघका अनुसार कैलालीमा अहिलेसम्म १५ भन्दा बढी घरजग्गा कारोबारी संगठित भएका छन् । संघ निर्माण भएसँगै जिल्लाभर घर जग्गा कारोबारीकोसंया यकिन हुने अध्यक्ष अवस्थीले बताए ।
संघ गठनभएसँगै जिल्ला प्रशासन, धनगढी उपमहानगरपालिका लगायत अन्य स्थानीय तहलाई पत्राचार गरिएको जनाइएको छ । संघले स्थानीय तह अन्तर्गत वडा कार्यालय, मालपोत कार्यालय लगायत सरोकार निकायलाई पत्राचार गरिएको जनाएको छ ।