निमार्ण व्यवसायी संघ कैलालीको अध्यक्षमा मल्ल निर्विरोध चयन

अत्तरिया : निमार्ण व्यवसायी संघ कैलालीको नयाँ नेतृत्व चयन गरिएको छ । संघको अध्यक्षमा टेकबहादुर मल्ल निर्विरोध चयन भए । सङ्घको ११ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीर्घराज जोशी, महासचिवमा विक्रम विष्ट, उपमहासचिव (नीतिगत) तर्फ योगेन्द्र चन्द, उपमहासचिव (आन्तरिक) तर्फ अमरबहादुर खड्का र सह कोषाध्यक्षमा सिद्ध राज भट्ट निर्विरोध चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खड्काले जानकारी दिए ।
यस्तै यसअघि प्रथम उपाध्यक्षमा धिरेन्द्र साउँद निर्विरोध चयन भएका थिए । निर्वाचन अधिकृत खड्काका अनुसार कोषाध्यक्ष र ६ जना सदस्यको लागि भने निर्वाचन हुने भएको छ । सो पदमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन हुने निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.