बझाङमा छाउपडी प्रथा सुधार गर्दै महिला

जगदीश रोकाया
बझाङ, २५ भदौ : छाउपडीप्रथा र अन्य सामाजिक कुुरितीहरु बढी देखिएको जिल्लाको दुुर्गम विकट गडराय क्षेत्रका महिलाहरुले छाउपडी प्रथा लगायत अन्य समाजसुधारमा जुुटेकी छन । साविकको गडराय गाविस हाल खप्तड छान्ना गाँउपालिकाको सात नम्वर वडा रहेको यस क्षेत्रमा अहिले गाँउ टोल बस्तीमा महिलाका समुह बनाएर छाउपडी प्रथा, बाल विवाह बहुु विवाह हटाउने अभियान चलाएको छ ।
महिना महिना हुने आमा समुुहका बैठक हरुमा समाजमा रहेका कुरिती कुुप्रथाहरु हटाउन छलफल हुनका साथै छाउगोठहरु पनि भत्काउने पहल भइरहेको छ ।
गडरायकी अगुवा महिला प्रमिला रोकायाले भनिन् । ‘हामी महिलाहरु छाउपडी प्रथा सुधार अभियानमा लागेका छौ । यसका लागि समाजका अन्य सरोकारवालाहरुको पनि साथ समर्थन आवस्यक देखिन्छ ।’ टोलटोलमा गठन गरिएका आमा समुुहको बैठकमा यस विषयमा पनि छलफल हुुने हुदाँ अहिले धेरै घर परिवारमा छाउ भएका बेला महिलाहरु सरसफाइ गरेर घरधन्दाको कामकाज गरिरहेकी छन । रिड नेपाल ग्रीन तारा संस्थाहरुको सहयोगमा यस क्षेत्रको छाउपडी प्रथा लगायत सामाजिक कुरिती महिला पुुरुष बीचको असमानता हटाउन गरिमा परियोजना लागुु भएपछि यहाँ सामाजिक सचेतना आएको छ ।
महेश्वरी माविका प्रअ तुलसीप्रशाद जोशीले भने । ‘गरिमा परियोजना बाट यहाँका महिलाहरु, शिक्षक, सामाजिक अगुुवा धाँमीझाँक्री महिला स्वंयमसेवीका किशोर किशोरीहरु लाइ जनचेतना मुलक तालिम गोष्टी गर्दा समाजमा निकै सुधार आएको छ ।
महिला सचेतना सशक्तीकरण गर्नका लागि यस्तै तालिम गोष्ठी बैठकहरु आवश्यक रहेको प्रअ जोशीले बताए । ‘सरकारी निकाय भन्दा यस्ता काम गैरसरकारी निकायहरुले गर्दै आएको हुँदा संस्थाहरुको महिला सशक्तीकरणमा ठुुलो योगदान देखिन्छ ।’ गडराय साथै पाटादेवल क्षेत्रमा पनि यस्तै कार्यक्रम संचालन गरिएको हुदाँ त्यहाँ पनि छाउपडी प्रथामा सुधार आएको त्यस वडाका वडा अध्यक्ष तेजबहादुर खड्काले जानकारी दिए । उनले भने ‘यो परियोजनाले विद्यालयमा खानेपानी चर्पी मर्मत साथै अतिरिक्त क्रियाकलापमा पनि सहयोग गर्दा शैक्षिक क्षेत्रमा पनि सुधार भएको छ ।’ गडराय क्षेत्रमै कार्यालय स्थापना गरि काम गरि रहेको गरिमा परियोजनाले खप्तडछान्नासंग सिमा जोडीएको बाजुराको एउटा गाँउपालिकामा पनि काम गरि रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.