अत्तरिया, २५ भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको नमस्ते होटलले सेभ हाउसलाई मिठो भोजन, फलफुल र बालबालिकालाई कापीकलम सहयोग गरेको छ । शनिबार नमस्ते होटलले आफ्नो जल्मत्सवको अवसर र होटलका संञ्चालक लक्ष्मण धामिका माईला छोरा र उनका नातिको जल्मदिन परेका अवसरमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा सहयोग गरेको हो ।
होटल शनिबार ९ बर्ष पूरा भई १० औं वर्षमा प्रबेश गरेको छ । त्यस्तै नमस्ते होटलका संञ्चालक लक्ष्मण धामीले सेभ हाउसकी संञ्चालिका जानकी मलासिलाई पुन्य काम उत्साह गरिन ।
उनले अझै उर्जा मिलोस भन्ने कामना समेत गरिन । सेभ आउसमाा विभिन्न गाउँठाउँ बाट आएका बाबु आमा नभएका बालिबालिकालाई पालन पोषण गरिरहेको छ । ।
मलासिले होटलका सन्चालक लक्ष्मण धामीले पहिले देखिनै कुनै न कुनै तरिकाले सेभ हाउसलाई सहयाग गरेको बताईन् । यस्तै सहयोग गरेकोमा लक्ष्मण धामीलाई धन्यबाद दिदै उनले पहिले देखिनै सहयोग गदै आएकोमा प्रसंसा गरिन ।
२०७३ सालमा स्थापना भएको सेभहाउसमा २ जना बच्चाहरुलाई संरक्षण दिदै सुरु गरिएको सेभहाउसमा अहिले ५३ जना बालबालिकाहरु रहेका छन् ।