अत्तरिया, २५ भदौ : कैलालीमा डेंगी रोगको उच्च जोखिममा देखिएकाले रोकथाम तथा नियन्त्रणका बिषयमा सम्बद्ध सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्नेमा जोड दिइएको छ ।
स्वास्थ्य कार्यालय कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा यस्तो जोड दिएको हो । स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीले डेंगु रोग नियन्त्रणमा कुनै एक निकाय भन्दा पनि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । डेंगी रोगबाट जोगिन सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा उनको भनाई रहेको छ । उनले डेंगुको प्रकोप नियन्त्रणमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । उनले डेंगीको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने बताए । कैलालीमा अहिलेसम्म साउन यता ७१ जनामा डेंगीको संक्रमण देखिएको छ ।
पहिलो पटकको डेंगीभन्दा दोस्रो पटकको डेंगीले मानिसलाई जोखिम अबस्थामा पु¥याउने उनले बताए । यस्तै डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसहरुलाई सचेतना जगाउन अभियान सुरु गरिएको कार्यालय प्रमुख धामीको भनाई रहेको छ ।
विभिन्न पालिकाहरुले लामखुट्टे खोज र नष्ट गर अभियान समेत सञ्चालन गरेको उनको भनाई छ । खोज र नष्ट गर अभियानलाई प्रभाकारी बनाउन सबै निकायको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । उनले पानी जम्मा हुने फुलका गमला, टायर, कुलरहरु बारम्बार सफा गरेमा मात्र लामखुट्टेले लार्भा पार्न नसक्ने भएकाले सबैले आफ्नो घरमा पानी जम्मा हुने स्थानलाई सफा गर्न आग्रह गरेका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले डेंगु रोग नियन्त्रणमा पकारहरुले पनि आफ्नो सञ्चार माध्याम मार्फत कलम चलाउने प्रतिबद्धता गरे । स्वास्थ्यर्मीका अनुसार डेंगु संक्रमण भएमा आंखाको गेडीहरु दुख्ने, शरीरमा डाबरहरु आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेसीहरु दुख्ने, पेट गडबडी हुने गरेको छ डेंगु लागेमा मानिसको रक्तकोष घट्ने र रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुने पनि स्वास्थ्यकर्मीहरुले बताएका छन ।
सम्बन्धित पाेस्टहरु