धनगढी : मिलेर बसेको समुदायमा सामाजिक सद्भाव खलबलिदा युवाहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार धनगढीमा सामाजिक परिर्वतन केन्द्रले आयोजना गरेको कार्यक्रममा युवाहरुले चिन्ताव्यक्त गरेका हुन् । समाजमा धार्मीक, राजनीतिक र आर्थिक कारण कैलालीमा सामाजिक सद्भावमा खलल पुगेको धनगढी उपमहानगरपालिका–११ का शिक्षक समेत रहेका स्थानीय महाविर रानाले गुनासो गरे । ‘समाजमा नागरिकमा चेतनास्तर बढ्दै गएको छ । तर, आपस मिलमिलापको भावनामा वृद्धि हुन सकेको छैन्’, उनले भने ‘सामान्य कुरामा विवाद् उत्पन्न हुने तर, त्यसलाई सहि ट्रयाकमा ल्याउने निकायको कमी भए जस्तो समाजमा देखिन थालेको छ ।’ उनले समाजमा हुने हरेक क्रियाकलापको सवल र दुर्वल पक्ष हुने तर, कता जादा सवल कता जादा दर्वल हुन्छ भन्ने चेतना नागरिकमा अझै उत्पन्न हुन नसकेको बताए ।
कार्यक्रमका सहभागिले राजनीतिक कारणले पनि समाजमा सामाजिक सद्भाव विग्रिएको बताए । राजनीतिक आस्थाका कारण मिलेर बसेको समाज विभाजन हुने हुँदा सामाज विभाजन तर्फ जाने गरेको धनगढी उपमहानगरपालिका–१९ की देवकी मल्लले बताईन् । उनले अव खलबलिएको समाजालई एक बनाउन अव युवाहरु जाग्नुपर्ने बताईन् । फरक–फरक समुदायका व्यक्तिहरुलाई एक बनाउने काम अव युवाको काँधमा आएको उनको धारणा रहेको थियो । कहिलेकाही समाजमा रहेको दुई खाले शिक्षाले गर्दा पनि समाज विभाजित हुने गरेको उनले बताईन् । ‘समाजमा दुई खाले शिक्षा रहेको छ । निजी र सरकारी यसरले गर्दा पनि समाज विभाजित भएको फाईन्छ ।’
कैलाली जिल्ला सबै समुदायहरुको बसोबास भएको जिल्ला सांस्कृतिक कारणले समाजमा सद्भाव खलबलिएको धनगढी उपमहागरपालिका–१८ की सलिना अधिकारीले बताईन् । ‘फरक–फरक समुदायका आ–आफ्नै संस्कृतिक चालचलनहरु हरेका छन्’, उनले भनिन् । ‘त्यसले गर्दा पनि समाज विभाजित हुने गरेको देखिन्छ ।’
यस्तै कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले खलबलिएको समाजलाई एक ढिक्का बनाउनका लागि अभियान नै सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले समाजमा सकारात्मक कुरालाई सन्देश प्रवाह गरेर विभाजन भएको समाजलाई एक बनाउन सकीन्ने बताए । कार्यक्रममा सामाजिक परिर्वतन केन्द्रका कार्यकारी निर्देशक डा। प्रकाश भट्टराई र अध्यक्ष पवन रायले सहजीकरण गरेका थिए ।
सम्बन्धित पाेस्टहरु