अझै सकीएन कैलालीमा हलिया पुर्नस्थापना कार्य

अत्तरिया, २६ भदौ : कैलालीमा अझै पनि पुर्ण रुपमा हलियहरु पुर्नस्थापना हुन नसकेको मुक्तहलिया समाजले जनाएको छ । आईतबार धनगढीमा एक कार्यक्रमको आयोजना गरेर यस्तो जानकारी गराएको हो । सरकारले पुर्नस्थापनाका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरे पनि पुर्णरुपमा पुर्नस्थापन हुन नसकेको राष्ट्रिय मुक्तहलिया समाज महासंघका प्रमुख हरिसिंह बोहराले बताए ।
सरकारले २०७६ जेठ ६ गतेको मन्त्रीपरिषद् बैठकबाट स्थानीय तहलाई अख्तियारी हस्तान्तरण गरेको हो । सरकारले २०६५ भदौ २१ गते हलिया मुत्तिको घोषणा गरेको थियो । जिल्ला हलियामुक्त समाज कैलालीका अध्यक्ष भोजबहादुर शार्कीका अनुसार ४६ जना कैलाली पुर्नस्थापनाको प्याकेज पाएर पनि कुनै प्रकारका सुविधा पाएका छैनन् । कैलालीको गौरीगंगा, चुरे, मोहन्याल, कैलारी, गोदावरी र धनगढी उपमहानगरमा हलियाहरुले सुविधा नपाएका हुन् । कतिपयले पहिलो किस्ता पाएको तर, अन्तिम किस्ता पाउन नसकेको भोजराजले बताएका छन् । जिल्लामा ६१ जनाले लगत कट्टा गरिएको छैन् । ४६ जनाले घर निर्माणको अन्तिम किस्ता पाउन सकेका छैनन् ।
हलिया श्रमिकहरु ९७ प्रतिशत दलित समुदायको रहेको समाजले जनाएको छ । उनीहरुले जातिय विभेद तथा छुवाछुतका कारण व्यवसायी सञ्चालनमा समेत समस्या भईरेको जनाएका छन् । मुक्तहलियाका पराम्परागत पेशा, व्यवसायहरु आधुनिकरण र प्रतिस्पार्धात्मक हुन नसक्नुका साथै पुँजिको अभावमा शिप भएर पनि व्यवसायी सञ्चालन गर्न समस्या भईरहेको समाजका अध्यक्ष शार्कीले बताए ।
सरकारले मुत्तहलिया पुर्नस्थापना कार्याक्रम जग्गा खरिद, घर निर्माण । मर्मतमा मात्र सिमित हुँदा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका विषय ओझेलमा परेका उनीहरुहेको गुनासो रहेको छ । उनीहरुले हलियाका सवालहरु स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । प्रदेश सरकारले चुर गाउँपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिकामा संकलन गरेको तथ्यांक अुनसार परिचय पत्र समेत वितरण र प्रमाणीकण कार्य हुन नसकेको उनीहरुको गुनासो रहेको छ ।
कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफुले हलिया, मुक्तकमैयाहरुलाई प्राथमिकता साथ कार्यक्रम राख्नेगरेको बताए । ‘हलियाका क्षेत्रमा मैले के गर्न सक्छु ?’, उनले भने । ‘समस्या लिएर आएमा सम्बोधन गर्न जहिले पनि तयार नै छु ।’ उनले कैलारीमा रहेका पुर्नस्थापना हुन बाँकी रहेका हलियाहरुको समस्या सम्बोधन गर्न स्थानीय सरकारले दिएको कानुन अनुसार जहिले पनि तयार रहेको उल्लेख गरे ।
यस्तै, कार्यक्रममा मोहन्याल गाउँपालिका कार्यवाहक अध्यक्ष कमल साउँदले हलियाका विषयमा स्थानीय सरकारले जहिले पनि गम्भीर रहेको बताए । उनले स्थानीय सरकारले दिएको कानुन र स्रोत साधनले भ्याएसम्म सबै काम गर्न तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलले जिल्लाको सबै पालिकामा रहेका हलियका समस्याहरु निराकरण गर्न आफु जहिले पनि तयार रहेको बताए । ‘जिल्ला समन्वय संग कुनै अधिकार छैन्’, उनले भने । ‘कुन पालिकामा के समस्या रहेका छन् । त्यसलाई सहजीकरण गर्न सक्छु ।’
अन्र्तराष्ट्रिय श्रम संगठ नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रम आयोजक राष्ट्रिय मुक्तहलिया समाज महासंघ नेपाल र जिल्ला हलिया मुक्त समाज कैलाली रहेको थियो । कार्यक्रममा कैलालीका विभिन्न पाँच पालिकाका हलिया, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.