गोदावरीको अत्तरियामा बजार अनुगमन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले गरेको अनुगमनका क्रममा म्याद नाघेका विभिन्न सामानहरु जफत गरिएको छ।

चन्द्रमा हार्डवेयर अत्तरियाबाट अनुगमन टोलीले २२ हजार ६२३ रुपैयाँको म्याद नाघेको पेन्ट जफत गरिएको छ। यस्तै चन्द्रमा हार्डवेयरबाट १० हजार ३७५ म्याद नाघेको पेन्ट, भुवनेश्वरी बेकरीमा सरसफाइ नगरिएको, खाद्य अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै , माँ पूर्णागिरी शुद्ध स्वीट हाउसमा ४ किलो समोसा बनाउन तयार पारिएको आलु बासी गन्हाएको भेटिएकाले फाल्न लगाइएको जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.