भन्सार छली ल्याइएका राँगा बरामद

अत्तरिया : धनगढीमा भन्सार छली ल्याइएका राँगासहित दुई लाख बढीको सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले अवैधरुपमा भन्सार छलेर ल्याएका राँगा र लत्ताकपडा बरामद गरेको हो।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा राँगा, लत्ताकपडासहित २ लाख ५८ हजार रकम बराबरको सामान बरामद गरेको बताइएको छ। बरामद सामान कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.