हसुलिया, २८ भदौ : भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलालीको कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ गरेको छ ।
कैलारी गाउँपालिका र राष्ट्रिय भुमि आयोग विच भएको सम्झौता अनुसार भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन जग्गाको प्रमाणपत्र दिनको लागि वडा–६ भगतपुरबाट नाप सुरु गरेको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले रिबन काटेर जग्गा नापजोख प्रक्रियाको सुरु गरेका थिए ।
कार्यक्रममा उनले नाप गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठुलो भुमिका रहेको बताए । उनले भने, ‘साँध सीमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि, भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गरी नाँपजोख कार्यक्रमलाई अगाडी बढाउनुपर्छ ।’
गाउँपालिका अध्यक्ष राजसमझले यसैगरी वडा नम्बर ७, ५, ९ गरी सवै वडामा नापजोखको काम अगडि बढाउदै लालपुर्जा पनि वितरण गर्ने बताए । राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय गाउँपालिका र आयोग विच भएको सम्झौता अनुसार दोस्रो चरणमा प्रवेस गर्दै मंगबारबाट नाँपजोखको सुरु गरेको बताए । ‘बर्षौदेखि भुमिको समस्या थियो, आज कार्यको उद्घाटन भएको छ यसले अव समस्याको समाधानतिर जाने छ’ उनले भने ।
आफुले जोतेको खेत आफुले बनाएको घरटहरा हाम्रे नाममा थिएन,’ आयोगका अध्यक्षले भने, ‘आव सरकारीबाट व्यक्तिगत बनाउने हामी प्रयासमा छौं । गाउँपालिकाको पहलमा आज यो अवस्थामा आएको हो ।’
कैलालीको १३ पालिका मध्ये पहिलो चरणमा पाँच वटा पालिकासँग सम्झौता भएको र यो कार्य गत वर्षको चैत्रबाट यो पालिकामा प्राविधिक खटाएर काम भइरहेको पनि आयोगका अध्यक्ष उपाध्यक्षले बताए ।
उनले भने, ‘सीमित प्राविधिकका कारण यो पालिकामा काम गर्न सकिएको थिएन । क्रमश पोइन्ट राखेपछि नाँपजोख सुरु भएको हो । सबै जनाले यो आफनो कार्यक्रम सम्भेर सहयोग गर्नुपर्छ ।’
जसको जमिन हो । जसले जोतपोत गरेको हो त्यसैको नाममा राष्ट्रिय भुमि आयोगको नाप्ने कार्यविधि छ । त्यसैलाई सहयोग गर्नुपर्ने उनले बताए । नाँपजोख गर्नेबेला भुमिहिन दलित, सुकुम्बासी लाई पहिलो प्राथमिकता राखेर काम भइरहको र त्यसपछि अव्यवस्थित बसोवासीलाई राखेको उनले बताए । भुमिहिन दलित, सुकुम्वासीलाई एकचोटी राज्यले बर्तमान संविधान र त्यसले दिएको भुमि माथिको अधिकार कार्यान्वयन गर्नको लागि राज्यले जग्गा उपलब्ध गराउने भन्ने नीति रहेको आयोगका अध्यक्षले बताए ।
कैलारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । संचालन गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु