अत्तरिया, २९ भदौ : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको जेके माध्यमिक विद्यालयमा अध्ययन विद्यार्थीहरुले सेभ हाउसलाई खाद्यान्न तथा फलफूल सहयोग गरिएको छ ।
अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई बुधबार एक कार्यक्रम गरी विद्यार्थीहरुले उक्त खाद्यान्न र फलफूल सहयोग गरेका हुन । विद्यार्थीहरुले सेभ हाउसका सञ्चालक जानकी मलासीलाई संयुक्त रुपमा हस्तारन्तरण गरेका हो ।
बाल दिवसको अवसमा खाद्यान्न तथा फलफूल सहयोग गरेको जनाएको छ ५८ औं राष्ट्रिय बाल दिवस को अवसर पारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो दैनिक खर्च हुने १ दिनको खाजा नास्ता को रकम विद्यार्थीहरुले उठाई उक्त खाद्यान्न तथा फलफूल माहिला तथा बालबालिका सेभ हाउसका सञ्चालक मलासीलाई हस्तान्तरण गरेका हुन् । । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते मनाउँदै आएको छ । यस्तै, धनगढी–४ स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी ५८औं बाल दिवस मनाएको छ ।
बाल अधिकारको सुनिश्चितता गर्दै बालबालिका प्रति सम्मान प्रकट गर्नका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको अक्सफोर्डका प्रिनिसपल लोकराज पन्तले बताए । अक्फोर्डले बाल दिवसका अवसरमा बुधबार बिहान बाल अधिकारका बारेमा विद्यार्थीलाई जानकारी गराउनका साथै बाल अधिकार सुनिश्चितताका लागि नेपाल सरकारले हस्ताक्षेर गरेको अन्तराष्ट्रि सन्धीका बारेमा जानकारी गराइएको प्रिन्सिपल पन्तले बताए । अक्सफोर्डले दिवसकै अवसरमा नृत्य तथा सांगितिक कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
सम्बन्धित पाेस्टहरु