गोदावरीको आर्यघाटमा भेटिएको मानव कंकाल कता गयो ?

अत्तरिया, ३० भदौ : कैलालीको गोदावरी आर्यघाटमा बुधबार भेटिएको मानव कंकाल खोज्दा भेटिएको छैन। बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली मानव कंकाल खोज्दा फेला नपरेको डिएसपी रविन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले घटनास्थलमा बिहानै देखि प्रहरीको टोलीले खोजी गरेपनि मानव कंकाल फेला नपरेको बताए । उनले शव रातीको समयमा जंगली जनावरले खाएको हुन सक्ने बताए ।

बुधबार मलामी गएका स्थानीयले आर्यघाटमा आधा जलेको अवस्थामा मानव कंकाल फेला पारेपछि इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए । तर, प्रहरी भने आज मात्रै सो क्षेत्रमा गएको थियो । डिएसपी पाण्डे सहित गएको टोलीले आज सो क्षेत्रमा मानव कंकाल फेला नपारेपछि कता हरायो भन्ने आशंका स्थानीयले गरेका छन । आर्यघाटमा स्थानीयले टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको मानव कंकाल देखेका थिए । बुधबार घटनास्थलमा मानव कंगाल देखेका केशव सिह धामीले मानव कंगाल देखेपछि आफूले प्रहरीलाई जानकारी दिएको बताए । उनले मानव कंगाल गोदावरी आर्यघाटमा नदी किनारमा भेटेको बताए ।

‘हामी मलामी गएका बेला कुहिएको बास्ना आएपछि वरपर हेर्दा मानव कंगाल देखेका थियौ’ उनले भने ‘शवको टाउको र घाँटीको भाग मात्रै थियो । मानव कंगाल जलेको अवस्थामा थियो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.