अत्तरिया : समाजमा बढ्दै गएका हिंसा न्यूनीकरणका लागि सरोकारवाला निकाय बीच समन्वय र सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने थुपै्र सरकारी तथा गैरसरकारी संघ संस्थाहरु भए पनि समन्वय र सहकार्य नभएको सहभागिहरुको भर्नाइ रहेको थियो । लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकाहरुसंग संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए । प्रहरीमा एक बर्षमा ४ सय ७० मुद्धा पर्दा ३ सय ४९ मद्धा मिलापत्रले टुङगाएको देखिएको उनले बताए । उनले समाजमा हुने ंिहंसा न्यूनीकरणका समन्वय सहकार्य विना एक्लै कमगर्न नसकिन्ने बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि रहेकी धनगढी उपमहानगरपालिका उप मेयर कन्दकला रानाले सुचनाले गर्दा महिला हिंसाको घटनामा धेरै हद सम्म कम भएको बताईन् । ‘केहि पनि भएको छैन भन्ने होइन’, उनले भनिन् । ‘पहिलेको भन्दा अहिले धेरै सुधार भएको छ ।’ सबैले आफ्नो क्षेत्राधिकार भित्र रहेर काम गरेमा सुधार हुने उनको धारणा रहेको छ । उनले काम गर्दा समन्वय र सहकार्य गरेर अगडि बढ्न आश्यक रहेको बताईन् ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकार किरण थापाले समाजमा विभिन्न समुदायहरुले संस्कारलाई अनुसरण गर्न सकेमा पनि महिला हिंसाका घट्नामा कमी आउने दावी गरे । उनले पनि काम गर्दा समन्वय र सहकार्यमा जोड दिए । समाजमा हुने अप्ठ्यारा मुद्धालाई मिलमिलाप गराउँदा समस्या हुने कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । ‘समाजमा हुने अप्ठ्यारा घट्नालाई कुनै पनि हालतमा मिलमिलाप गराउनु हुँदै्न’ उनले भने । ‘यदि मिलमिलाप गरेमा पुनः समस्या ल्याउन्छ ।’ स्थानीय तह नजिकको सरकार भएको हुँदा हिंसामा परेकाहरुका अभिभाकको जिम्मेवारी आफुले लिने अध्यक्ष चौधरीले बताए । उनले पनि समन्वय र सहकार्यमा जोड दिए ।
कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्यले पनि आफ्नो धारणा व्यक्त गरेकी थिईन । उनले सबै केश हरु प्रहरी समक्ष पुग्ने वातावरण बनाउनुपर्ने बताईन् । त्यस्तै गरी एकल महिला भगवती हमालले सबै निकाय एकजुट भएमा मात्र महिला हिंसा कम गर्न सकिन्ने बताईन् । ओरेक नेपाल कैलाली र मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश संयोजक सुमन शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।
सम्बन्धित पाेस्टहरु