अत्तरिया : धनगढीको समैजी स्टोरमा कर छलीको आशंमा छापा हानेर आन्तरिक राजश्व कार्यालयले छानबिन गरिरहेको छ । कार्यालयको टोलीले बुधबार छापा हानेरस्टकमा राखिएको सामानको विवरण संकलन गरेको जनाएको छ ।
आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार समैजी स्टोरमा गोदममा भण्डारण गरेर राखेको सबै सामानको विस्तृत विवरण संकलन गर्न काम पूरा भइसकेको छ । समैजी स्टोरले राजश्व कार्यालयले बुझाएको स्टकको विवरणसँग गोदाममा छापा हानेर आफैले संकलन गरेको विवरण भिडाउने काम भइरहेको जनाएको छ ।
समैजी स्टोरले कार्यालयमा बुझाएको कागजपत्र अनुसार संकलन गरिएको विवरण भिडाएपछि मूल्याङ्कन गरिनेछ । त्यसपछि मात्रै के–कति मूल्यको फरक रहेछ भन्ने कुरा खुल्ने छ । यस्तै राजश्व कार्यालयको दाबी अनुसार समैजी स्टोरले कर छली गरे÷नगरेको कुरा पनि मूल्याङ्नपछि मात्र थाहा हुनेछ ।