अत्तरिया : कैलालीमा पछिल्लो ५ महिनामा सबै भन्दा बढी घरेलु हिंसा भएका छन् । समाजमा महिला तथा बालबालिका माथि विभिन्न प्रकारका हुनेहिंसा बढ्दै गएका छन् । महिला पुनस्र्थपना केन्द्र (ओरेक) का अनुसार ६ महिनामा सबै भन्दा बढी घरेलुहिंसा घटेका छन् । त्यसपछि शारीरिक हिंसा घटेको ओरेक कैलालीकी संयोजक विनु रानाले बताईकी छन् । ६ महिनामा घरेलु हिंसा २६, शारीरिक हिंसा १७, घटेका छन् । यस्तै यौन हिंसा ८ वटा घटेका छन् ।
ओरेक नेपाल पछिल्लो ६ महिनाका घटना सार्वजनिक गर्दै जनवरी २०२२ देखि जुनम्म ३५ जाने हिंसा पीडित भएका छन् । घटनामा सबै भन्दा आफ्न्त बाट नै पीडित भएका छन् । ३५ हिंसाका घटनामा २४ आफन्त अर्थात आफ्नै श्रीमानबाट हिंसामा परेका छन् ।
यस्तै छिमेकीबाट ६ जना, प्रेमीबाट १ जना, सेवा प्रदायक ३ जना र अपरिचित व्यक्तिबाट १ जना पीडित भएको देखिएको संयोजक रानाले जानकारी दिईन् । हिंसा सबै भन्दा बढी २० देखि २९ बर्षका बढी भएको देखिएको छ । ५० वटा हिंसाका घट्नामा सबै भन्दा बढी उक्त संख्यामा पीडित भएको ओरेकले जनाएको हो । त्यसपछि १० बर्ष देखि १९ बर्षका बढी पीडित भएका छन् । त्यसपछि ३० देखि ३९ बर्षका महिलाहरु पीडित भएको तथ्यांकले देखाएको छ । ओरेक नेपालको तथ्यांक अनुसार जात अनुसार सबै भन्दा बढी ब्राम्हण, क्षेत्रमा हिंसाका घटना घटेका छन् । ब्राम्हण, क्षेत्रमा १७ वटा हिंसाका घटना घटेका छन् । त्यसपछि दलित समुदायमा हिंसाका घटना घटेको तथ्यांकमा उल्लेख गरिएको छ । समाजमा सबै भन्दा बढी विवाहित महिलाहरु बढी हिंसामा पर्ने गरेको ओरेकको तथ्यांकमा उल्लेख गरिएको छ । पछिल्लो ६ महिनामा कैलालीमा २५ विवाहितले हिंसा भोग्नु परेको छ । यस्तै समाजमा अशिक्षित भन्दा बढी शिक्षितले हिंसा भोग्न परेको देखिएको छ । कार्यस्थल अनुसार हेर्दा सबै भन्दा बढी मजदुर महिलाहरुले बढी हिंसा भाग्नु परेको देखिएको छ ।
ओरेक नेपाल कैलालीकी संयोजक रानाका अनुसार समाजमा चेतनास्तरबढे संगै हिंसाका घटनाहरु बढी भएको देखिएको छ । ‘ओरेक नेपाल सम्म महिला हिंसाको घटना कम आएको छ’, उनले भनिन् । ‘प्रहरी समक्ष समाजमा हिंसाका घट्ना बढद्ै गएको देखिन्छ ।’ उनले पछिल्लो समय समाजमा महिला तथा बालबालिका हिंसामा काम गर्ने संघ संस्था धेरै हुँदा पनि एउटै संस्था सम्म कम दर्ता हुने देखिएको बताईन् । ‘ओरेक नेपालमा सेभ हाउसमा राख्ने केस मात्र आउने गरेका छन्’, उनले भनिन । ‘६ महिनामा ३५ महिला र आश्रित बालबालिकाहरु १५ केस पुगेका छन् ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले समाजमा महिला हिंसाका घट्ना न्यूनीकरणका लागि पत्रकारहरुको भूमिका पनि उल्लेखीय हुने बताए । उनले पत्रकाहरु जहिला पनि समाजलाई हिंसा रहित अभियामा रहेको जानकारी गराए । यस्तै, महिला अधिकारीकर्मी गोमा आचार्यले आफुहरु माथि हेर्ने नजर नै गलत रहेको बताईन । ‘अधिकारकर्मी माथि आरोप लाग्ने गरेका हुन्छ । सानो कुरालाई ठूलो बनायो भन्ने हुन्छ ।’, उनले भनिन् । ‘वास्तवमा त्यस्तो होइ्न् । बुझाईमा फरक परेको हो ।’ आफुहरु जहिले पनि हिंसा रहित समाजको पक्षमा रहेको बताईन् ।