डडेल्धुरा : सर्पको टोकाइबाट डडेल्धुरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा रहेका छन्।
बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जितेन्द्र आफैंले सर्प मारेर आफू ओछ्यानमा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई गाउकै वैद्यकहाँ लगिएको थियो । वैद्यमा ठिक नभएपछि उनलाई अस्पताल पुर्याएको हो । ढिलोगरी जोगबुढा अस्पताल लगिएको खुल्न आएको छ । उनलाई बचाउने प्रयास गर्दा पनि बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। उनी ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए ।