धनगढी : नेकपा (एकीकृत समाजबादी) कि नेतृ तथा सुदूरपश्चिम् प्रदेश सभा सदस्य प्रमुख सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
कैलाली कंचनपुर जिल्लाबाट थुप्रै विभिन्न पार्टी परित्याग गरि थारु अगुवाहरु माओवादी केन्द्रमा प्रबेश गरेका माओवादी केन्द्र सुदूरपश्चिम् प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी उत्सबले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले टिका तथा खादा लगाएर पार्टिमा स्वागत गरेका थिए ।
थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी छन् । यस्तै एमालेका युवा नेताहरू बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।