अछाममा पहिरो : १२ जनाको मृत्युु, ११ वेपत्ता

अत्तरिया : अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २र२ जनाको शव फेला परेको उनले बताए। अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए। वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.