
धनगढी, १ असोज : द–राईजिङ बाल क्लवले कपडा सहयोग गरेको छ । धनगढीको कपडा बैंकमा सहयोग गरेको हो । धनगढी स्थित स्टेपिङ स्टोन इङलिस स्कूलको पहिलो बाल क्लवले स्थापित भएको हप्ता दिन भित्रै शिवपुरीधाममा रहेको कपडा बैंकलाई कपडा सहयोग गरेको हो ।
क्लवका अध्यक्ष सुनिल बुढाका अनुसार बैंकलाई ५० जोड भन्दा बढी कपडा सहयोग गरेको हो ।
कपडा हस्तान्तरण कार्यक्रममा स्टेपिङ स्टोन इङलिस स्कूलका शिक्षक, क्लवका अध्यक्ष बुढा सहित २१ सदस्यहरुको सहभागिता रहेको थियो । बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा एक्टिब गराउने उदेश्यका साथ गठन गरिएको बाल क्लवले विद्यालयमा केहि दिन अगाडि कथा प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।
