अत्तरिया : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका–३ बस्ने १६ वर्षीय अङ्केश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–७ कालिका चोकमा से ६ प ९६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार दिउँसो उनी गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ रिफर गरिएको छ ।
सम्बन्धित पाेस्टहरु