अत्तरिया, ३ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको पदमा अस्पताल प्रालीका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले राष्ट्रपतिबाट प्रदान हुने पदक पाएका छन् ।
उनलाई जन सेवाश्रीबाट विभूषित गरिएको हो। संविधान दिवसको अवसरमामा सोमबार सरकारले सार्वजनिक गरेको सुचीमा डा. मौनीको नाम रहेको छ । डा. मौनी अत्तरियामा लामो समय देखि सेवारत छन् । त्यस्तै गरी कैलालीको कमाण्ड सम्हालेका एसपी विश्व अधिकारीले पनि प्रबल जनसेवा श्रीपदक पाएका छन् जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नाउव उपरीक्षक अधिकारी प्रबल जनसेवा श्रीपदक पाएका हुन।
संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्। एसपी अधिकारी हाल प्रहरी महानिरीक्षकको सचिवालय यूएन शाखामा कार्यरत छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।