महाकाली नदीमा पक्की पुलको शिलान्यास

दार्चुला : दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन ।

पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए । भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए ।

पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राखे । दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.