के आरजुले समानुपातिकमै लड्ने निधो गरेकी हुन त ?

अत्तरिया : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेतृ आरजु राणा देउवा कहाँ बाट चुनाव लड्छन् भन्ने धेरैको चासोको विषय छ । निर्वाचन घोषणा भएसंगै उनी कहाँबाट लड्ने भन्ने कुराले चर्चा पाउन थालेको हो । २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचन लडेकी आरजु यस पटक पनि कहाँ जालान भन्ने चौतर्फी चर्चा छ । सोमबार समानुपातिकको सुचिमा परेपछि अझ बहस सुरु भएको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा कैलालीबाट प्रत्यक्षबाट सिफारिस भएकी आरजु एकाएक समानुपातिकको सुचिमा परेपछि चुनावी बहस तातेको छ । आरजु व्याक भएपछि कैलाली–४ र ५ मा कसले निर्वाचन लड्ने भन्ने बहस ले चचौ पाएको छ ।
आरजु कैलाली–५ बाट निर्वाचन लडेन भन्ने कसको पालो सम्म भन्ने बहस सुरु गरेका छन् । तर, आरजु निकट स्रोतका अनुसार अहिलेको सिफारिस नै फाइनल नभएको बताउने गरेका छ । ‘अहिले नै फाइनल होइन,’ आरजु निकट स्रोतले भन्यो । ‘असोज १६ गते पछि मात्र फाइनल हुने छ ।’ अहिले नै प्रत्यक्ष र समानुपातिक के बाट निर्वाचन लड्ने भन्ने निक्यौल नभएको आरजु निकट नेताहरु बताउने गरेका छन् । ‘आरजु भाउजुले ७४ को निर्वाचन जिते सरह नै भएको थियो’, कैलाली काँग्रेसका एक नेताले भने । ‘केन्द्रमा केहि कुरा मिलाउन अहिले सिफारिस गरिए पनि यो नै अनित्म भने होइन ।’ निर्वाचन नजिकीए संगै चुनावी माहोल भने तातेको छ । सबै तिर कसको उम्मेदवारी रहने विषयमा चर्चा छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.