गोदावरी आर्यघाटमा राम्रोसंग सञ्चालनमा नआउँदै बोरिङ सहित सम्पूर्ण उपकरण चोरी

अत्तरिया, ४ असोज : कैलालीको गोदावरी आर्यघाटमा चोरी भएको छ । ४\५ दिन अघि जडान गरेको बोरिङ राम्रोसंग सञ्चालनमा नआउँदै आईतबार चोरी भएको हो बोरिङ सहित सम्पूर्ण उपकरणहरु चोरी भएका हुन ।
गोदावरी आर्यघाटका अध्यक्ष कैलाश जोशीले केही दिन अघि नै संचालनमा आएको जडान गरिएको बोरिङसंगै विद्युतीय उपकरण समेत चोरी भएको जानकारी दिए । अध्यक्ष जोशीले गोदावरी आर्यघाटमा जडान गरिएको बोरिङ, विद्युतीय उपकरण,४५ मीटर बराबरको सभर्सियल ३ फेजको तार लगायत विविध उपकरणहरु चोरी भएको जानकारी दिए । करिब १ लाख ५० हजार रकम बराबरको सामानहरू चोरी भएको अध्यक्ष जोशीले बताए ।
आर्यघाटका अध्यक्ष जोशीले गोदावरी ४ मा रहेको नजिकको गोदावरी प्रहरी चौकीमा समेत निवेदन पेश गरेको बताए । आर्यघाटमा चोरीको निवेदन सूचनापछि गोदावरी प्रहरी चौकी खटिएको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.