काठमाडौँ : सत्ताधारी गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनु संवैधानिक सर्वाेच्चतामाथिको प्रहार भएको ठहर गरेको छ ।
गठबन्धनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदमले संविधानले सुनिश्चत गरेको १५ दिनको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि समेत प्रहार भएको बताएको छ ।
