श्रीमतीको हत्या आरोपीत गौरीगंगा नगरपालिकाका शेरबहादुर पक्राउ

अत्तरिया : कैलालीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का शेरबहादुर नामजाली मगर हत्या आरोपमा पक्राउ परेका हुन् । घटना पछि फरार रहेका उनलाई गाउँबाट नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आज बिहान आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या गरेको र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.