Agni Offset Press

अत्तरिया अस्पतालमा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको अप्रेशन

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन गरिएको छ । अत्तरिया अस्पतालले १४ बर्षीय बालक युवराज कार्कीको दुरबिन प्रविधिबाट सफल अप्रेशन गरेको जनाएको छ ।
एक्कासी पेट दुखेर अस्पताल आएका कार्कीलाई चेकजाँच गर्दा पेटमा एपेन्डिक्स देखिदाँ उनको दुरविन प्रविधिबाट सफल अप्रेशन गरिएको अस्पतालका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. पारस पन्तले जानकारी दिएका छन् ।

दुरविन प्रविधिले अप्रेशन गर्दा विरामीहरुलाई दुखाई कम हुने, घाउ सानो हुने तथा पुरै पेटमा अरु ठाउँमा पनि केही रोगहरु छ की भन्ने विषयमा पनि जानकारी राख्न सकिने डा.पन्तको भनाई छ । अस्पतालमा अहिले दुरविन प्रविधिबाट पित्तथैली र एपेण्डिक्सको अप्रेशन गरिरहेको र हर्निया र युरोसम्बन्धी अप्रेशनहरु पनि गरिने उनले बताए । पछिल्लो समय विरामीहरुले दुरविन प्रविधिलाई रोज्ने गरेको पनि उनको भनाई छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.