अत्तरिया : बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ स्थित पानीकाफल सामुदायिक वनको भीरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शवको पहिचान भने खुलेको छैन। अन्दाजी ४५ वर्षीय पुरुष मृत भेटिएका हुन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।