Agni Offset Press

कैलाली कारागारमा भण्डारीद्वारा सेनेटरीप्याड वितरण

Aarati simant

धनगढी, ६ असोज : नेपाली कांग्रेसको तर्फबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा क्षेत्र न. ५ बाट आकांक्षी उम्मेदवार क्षितिज भण्डारीले कैलाली कारागारमा सेनेटरीप्याड र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
समाजसेवी समेत रहेका युवानेता भण्डारीले आफू लोकतान्त्रिक आन्दोलनमा दर्जनौं पटक जेल गएको सम्झना गर्दै कारागारमा सेनेटरीप्याड र स्वास्थ्य सामग्री वितरण गरेको बताएका छन् । उनी ३ महिना जेल बसेका थिए ।
स्वर्गीय बाजे डिल्लीराज भण्डारीको स्मृतीमा स्वास्थ्य सामग्री, सेनेटरी प्याड आदि बाडेको बताएका छन् । धनगढीमा चुनावी भोजभतेरसंगै सबै वाडाम पम्पलेटिङ्ग गर्दै चुनावी कार्यालय समेत खुलिसकेका छन् ।
बालबालिकालाई चककेट र खाजा दिदै भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा धेरै युवा बलात्कार, लागु औषधि र कर्तब्य ज्यान मुद्दामा जबर्जस्ति फसेको चर्चा समेत गरे । आफू संसदमा चुनाव जितेपछि जेलको स्तरोन्ती गरेर मायाघर, सुधार र तालिमगृह बनाउने उनले प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमका श्री श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदूरपश्चिम प्रदेश संयोजक नवीन ओझाले युवानेत भण्डारी को सहयोग कैदी बन्दीलाई राहत पुग्ने विश्वास गरे । उनले ८ दिनसम्म जेलमा योग र ध्यान प्रशिक्षण कार्यक्रम समेत दिईरहेको जेलर नरबहादुर थापाले जानकारी दिएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.