Agni Offset Press

काँग्रेस केन्द्रीय उपसभापति लडेकी शाहद्वारा पार्टी परित्याग

Aarati simant

धनगढी, ६ असोज : नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहले पार्टीमा नबस्ने घोषणा गरेकी छन् । नेपाली काँग्रेसकी केन्द्रीय उपसभापतिकी उम्मेदबार दिव्यश्वरी शाले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छन् । शाह सुदूरपश्चिम प्रदेश सभाकी सभानुपातिक तर्फकी प्रदेश संसद समेत हुन् । उनी १४ औ महाधिबेशनमा बिमलेन्द्र निधीको प्यानलबाट केन्द्रीय उपभापतिको उम्मेदबार समेत बनेकी थिईन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा बनेकी शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै बिपी कांग्रेसमा प्रवेश गर्न लागेको खुलाएकी छन् । अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीले नीति र सिद्धान्त भलेर अराजकता तर्फ गयो’ शाहले भनिन्– ‘मैले विगतदेखि बिपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बिपी कांग्रेसमा हुनेछु ।’ शाह बिपी कांग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासु समेत हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.