Agni Offset Press

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

Aarati simant

धनगढी, ६ असोज : सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा संस्कृतिविद डा. टीएन (त्रैलोक्य नाथ) जोशीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले जोशीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको नियुक्तिपत्र हस्तान्तरण गरे । उपकुलपतिमा नियुक्त भएका डा. जोशीले सुदूरपश्चिमको गौरा संस्कृतिमा विद्यावारिधि गरेका छन् । उनी कैलाली जनपुस्तकालयका अध्यक्ष पनि हुन । जोशी विभिन्न कलेजमा अध्यापनसमेत गर्दै आएका छन् । धनगढीमा बसोबास गर्दै आएका उनले विगतमा पत्रकारितासमेत गरेका थिए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.