Agni Offset Press

धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Aarati simant

धनगढी : धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १६ स्थित उल्टापानी भन्ने नालामा ट्याक्टर दुर्घटना भएको हो।
धनगढीबाट घोराही तर्फ गइरहेको ४३ वर्षीय हरीप्रसाद चौधरीले चलाएको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। चालकको घटना स्थलमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.