दसैँमा यातायात व्यावसायीको मनोमानी : ‘एक्स्ट्रा’ बसमा तोके भन्दा बढी भाडा

अत्तरिया : दसैँ, तिहारमा आफ्नो घर जानलाई समस्या छ । पढाई लगायत विभिन्न कामको शिलशिलामा घर वाहिर भएकाहरु घर फर्कीछन् । यात्रुहरुले भनेको समयमा यातायात पाउन सकेको छैन् । सुदूरपश्चिम यातायात व्यवसायीले असोज ६ गते अग्रीम टिकट बुक खुल्ला गरेको थियो । त्यसै अनुसार धेरै नागरिकहरुले आफनो जन्मघर जानका लागि टिकट बुक गरे । आफुले भनेको समयमा टिकट नपाउँदा घर जाना तयार भएको धनगढी तथा अत्तरिया बसपार्कबाट फर्कीन बाध्य भएका छन् । बसपार्कमा टिकट नपाउँदा धेरै यात्रुहरु फर्किन बाध्य भएका छन् । ‘टिकट काट्न बसपार्कमा आएको हुँ । टिकट सबै बुक भएका रहेछन्’, धनगढी–३ बिशालगर बस्ने समीक्ष जैशीले भनिन् । ‘एक्स्ट्रा ( अतिरिक्त) बस लगाएपछि आउनु होला भन्नु भएको छ ।’ एक्स्ट्रा बसमा अन्य गाडी भन्दा बढी भाडा लाग्ने भनेको उनले बताईन् । यात्रुका अनुसार बाजुराको डाप बजार सम्म १३ सय टिकट तोकीएको भए पनि १८ सय २ हजार सम्म लिने गरेको छन् ।
एक्स्ट्रा (अतिरिक्त) बसमा अन्य नियमितको भन्दा बढी भाडा लाग्ने बस व्यवसायीले पनि स्वीकार गरेका छन् । ‘बाजुरा जाने एक्स्ट्रा बसमा बीच बाटोमा यात्रु हाल्न पाईदैन्’, एक बस व्यवसायीले भने । ‘त्यसले गर्दा नियमित बसको भन्दा कम्तीमा ४÷५ सय बढी भाडा लाग्छ ।’ उनले जादा गाडी प्याक भए पनि आउँदा यात्रु नपाईने समस्याले गर्दा पनि बढी भाडा लिनुपर्ने बाध्यता रहेको बताए ।
यता, यातायात व्यवसायीले दसैं तथा दिपावली सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन संञ्चालनमा ल्याएको पनि दावी गरेको छ । चाडपर्वलाई लक्षित गरेर लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दावी गरेको हो ।
धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा सीधा बस सेवा सञ्चालन हुने गरेको छ । धनगढीमा प्रधान कार्यालय रहेका बस व्यवसायी समितिले यहाँबाट करिब ८ सय ५० यात्रुबाहक सवारी साधनले सर्वसाधारणलाई विभिन्न गन्तव्यमा पु¥याउने गरेको बताएका छन् । कर्णाली रिभर यातायात प्रालिका निवर्तमान अध्यक्ष धिरज शाहीका अनुसार डिजेलमा भएको मुल्यवृद्धि र एकतर्फी यात्रुका कारण दसैं आए पनि व्यवसायी भने उत्साहित हुन् नसकेको बताए ।
‘दसैं तिहारमा एकतर्फी यात्रु बोक्नुपर्ने हुन्छ । जसले गर्दा लागत खर्च बराबर मात्रै उठ्ने गरेको छ,’ उनले भने, । ‘डिजेलको मुल्य बढ्दा व्यवसायी मार्कामा परेका छन् । धनगढीबाट पहाडी रुटमा चल्ने गाडीले यात्रु पाए पनि पहाडबाट धनगढी र महेन्द्रनगर फर्किदा भने रित्तै आउनुपर्ने व्यवसायीले जनाएक छन् ।
यस्तै काठमाडौबाट यात्रु पाउने भएपनि धनगढीबाट भने रित्तै फर्कनुपर्ने व्यवसायीको गुनासो रहेको छ । त्यस्तै खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले अनिवार्य दुई चालक राख्नुपर्ने नियमले थप आर्थिक भार परेको बताए । ‘काठमाडौबाट यात्रु पाइन्छन् तर यताबाट रित्तै जानुपर्छ । झन लामो दुरीमा दुई जना चालक राख्नुपर्ने नियमले हामी समस्यामा पर्ने भएका छौँ’ उनले भने ।
सुदूरपश्चिमका बस व्यवसायीलाई तिहारपछि भने पहाडी जिल्लाबाट तराई झर्ने यात्रु पाइने गरेपनि पहाड उक्लिदा रित्तै गाडी हाक्नुपर्छ । तिहारलगत्तै धनगढीबाट काठमाडौ जाने यात्रु मिले पनि फर्किदा भने यात्रु नपाउने समस्या रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.